अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ « Khabarhub

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पहिलो तारेख लिन सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

तारेख बुझ्न जिल्ला अदालत काठमाडौंमा हाजिर हुने क्रममा उनले सञ्चारकर्मीसँगको छोटो कुराकानी गरे ।

त्यस क्रमममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुन तिर्न अदालतमा हाजिर भएको बताएका छन् ।

‘गुण लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही तिर्न आइरहेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ’, उनले भने, ‘जिउभरी ठाउँ-ठाउँमा किला ठोकेको जस्तो भएको छ। सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ।’

उनले शरीरमा विष अझै बाँकी रहेको बताए । उक्त विष झार्दै अघि बढ्न आफू तयार रहेको पनि बताएका छन् ।

एमाले अध्यक्ष ओलीले आइतबार मात्रै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा रविलाई कयौँ गुण लगाए पनि अहिले आफैंलाई विरोध गर्दै हिँडेकोमा आश्चर्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ५८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक