भिरबाट लडेर एक जनाको मृत्यु « Khabarhub

भिरबाट लडेर एक जनाको मृत्यु


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।

यमबहादुर घर नफर्किएपछि खोजतलास गर्ने क्रममा सोही स्थानस्थित शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् ।

प्रनाउ खड्काले घटनाको जानकारी आज प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : २९ बजे

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना