जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित « Khabarhub

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण गरिएको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पुर्‍याउन सकेको छैन ।

‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली (क्युजेडएसएस) अन्तर्गत राखिएको पाँचौं उपग्रह हो, जसको उद्देश्य जीपीएस सङ्केत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारित सेवाहरूमा स्थान निर्धारणको शुद्धता बढाउनु हो । 

जापानको अन्तरिक्ष अनुसन्धान निकायले आठौं एच–३ रकेट कागोशिमाको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट बिहान १०ः५१ बजे प्रक्षेपण गरेको थियो । तर दोस्रो चरणको इन्जिन समयभन्दा पहिले बन्द भएपछि रकेट असफल भयो ।

अन्तरिक्ष निकायले हाल परिस्थितिको मूल्याङ्कन गर्दै इन्जिन बन्द हुनुको कारण पत्ता लगाउने काम गरिरहेको छ ।

यो रकेटले बोकेको ‘मिचिबिकी नम्बर ५’ उपग्रह मोबाइल फोन, सवारी साधनका नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारण सेवाहरूको शुद्धता सुधार्ने उद्देश्य राखेको थियो । रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली