फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक « Khabarhub

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार फिल्मका नायकसमेत रहेका प्रकाश सपुत र गायिका मेलिना राईको स्वर रहेको गीत ‘मिरमिरे भो’ सार्वजनिक गरेको हो । यस गीतमा शब्द र संगीत पनि प्रकाशले नै दिएका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ ।

गीतले फिल्म त्रिकोणात्मक प्रेम कथामा बनेको संकेत गरेको छ, जुन टिजरमा पनि देखिएको छ । यो फिल्मको प्रदर्शन मिति माघ १ लाई तोकिएको छ ।

यार्सा फिल्म्सको प्रस्तुति बनेको यस फिल्ममा दयाहाङ, प्रकाश, सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचनलगायतको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ०६ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा