मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन « Khabarhub

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको उद्घाटन गरेका छन्  । 

हेटौँडा उपमहापालिका–२ स्थित नेपाली कांग्रेस मकवानपुर कार्यालय परिसरमा निर्मित नेता सूर्यबहादुर डिमडुमको नाममा बनाइएको स्मृति भवनको आज उनले उद्घाटन गरेका हुन् । 

एक सभागृहसहित चार वटा कोठा र शौचालय रहेको स्मृति भवन हेटौँडास्थित विभिन्न सङ्घ संस्था र समाजसेवीको ४८ लाख ५५ हजार रुपैयाँ सहयोगमा निर्माण गरिएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । 

कार्यक्रममा मुख्यमन्त्री बानियाँले मुलुकमा संसदीय प्रजातन्त्रको पुनः स्थापना गर्ने क्रममा कांग्रेस नेता डिमडुम नेतृत्वको मोर्चाले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहेको बताए । स्मृति भवनले स्वर्गीय नेता डिमडुमको स्मरणलाई चिरस्थायी बनाउने र यस्तो कार्यमा सहयोग गर्ने सबै धन्यवादका पात्र भएको बताए । 

मुख्यमन्त्री बानियाँले सोही अवसरमा विश्वेश्वरप्रसाद कोइराला स्मृति पुस्तकालयको पनि उद्घाटन गरे । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकको आयआर्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै समानुपातिक रूपमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गरे  । 

 कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति लामाले मुलुकका प्रमुख दलहरूले सत्ताको होडबाजीमा भन्दा जनताको विकासको चाहना सम्बोधन गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ३५ बजे

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर