क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ « Khabarhub

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र आक्रमणलाई रोक्नका लागि बनाइएको बताएको छ । तेहरानको शस्त्रागारको अस्तित्व बहसको विषय नभएको र यो सम्झौतायोग्य नहुने बताएको छ।
 
इजरायलले इरानको ‘ब्यालेस्टिक मिसाइल’ र उसको परमाणु कार्यक्रमलाई जुन महिनामा लडेको १२ दिने युद्धका क्रममा निष्प्रभावी पार्न खोजेको दुई मुख्य खतराको रूपमा प्रस्तुत गरेको थियो ।
 
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘इरानको क्षेप्यास्त्र कार्यक्रम वार्ताका लागि नभई इरानको भूमिको रक्षाका लागि विकास गरिएको हो, तसर्थ, इरानको रक्षा क्षमता शत्रुहरूलाई इरानमाथि आक्रमण गर्ने कुनै पनि विचारबाट रोक्न बनाइएको हो, यो वार्ता गर्नुपर्ने विषय होइन ।’
 
इरानको ब्यालिस्टिक क्षमताले इजरायललाई आक्रमणको दूरीमा पुर्‍यायो, र जूनमा इजरायलको अभूतपूर्व आक्रमणपछि तेहरानले इजरायलका शहरहरूमा मिसाइल र ड्रोनद्वारा आक्रमण गरेको थियो । 

अमेरिकी प्रसारक एनबीसीका अनुसार युद्धपछि इरानले आफ्नो क्षेप्यास्त्र उत्पादनको पुनर्निर्माण र विस्तार गर्न खोजेको भन्दै इजरायलले चिन्ता व्यक्त गरेको छ । 

यसै महिनाको अन्त्यतिर हुने भनिएको अमेरिका भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि नयाँ सैन्य कारबाहीमा सहयोग गर्न सक्ने विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको एनबीसीले जनाएको छ ।
 
हालैको युद्धको क्रममा इजरायलले सैन्य स्थलहरू, आणविक सुविधाहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो जसमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
 
इजरायलले आफ्नो भूमिमा ५० भन्दा बढी इरानी क्षेप्यास्त्र आक्रमण भएको र यसबाट २८ जनाको मृत्यु भएको बताएको थियो ।
 
अमेरिकाले युद्धविरामको घोषणा गर्नुअघि इरानको आणविक केन्द्रमा केही समयका लागि आफ्नो सहयोगी इजरायलसँग मिलेर आक्रमण गरेको थियो।
 
इरानले कुनै समय अमेरिकाबाट धेरै हतियार खरिद गरेको थियो तर सन् १९७९ को इस्लामिक क्रान्तिपछि कूटनीतिक सम्बन्ध टुटेपछि उसले आफ्नै घरेलु हतियार उद्योग विकास गरेको छ। रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : २८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन