क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ « Khabarhub

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र आक्रमणलाई रोक्नका लागि बनाइएको बताएको छ । तेहरानको शस्त्रागारको अस्तित्व बहसको विषय नभएको र यो सम्झौतायोग्य नहुने बताएको छ।
 
इजरायलले इरानको ‘ब्यालेस्टिक मिसाइल’ र उसको परमाणु कार्यक्रमलाई जुन महिनामा लडेको १२ दिने युद्धका क्रममा निष्प्रभावी पार्न खोजेको दुई मुख्य खतराको रूपमा प्रस्तुत गरेको थियो ।
 
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘इरानको क्षेप्यास्त्र कार्यक्रम वार्ताका लागि नभई इरानको भूमिको रक्षाका लागि विकास गरिएको हो, तसर्थ, इरानको रक्षा क्षमता शत्रुहरूलाई इरानमाथि आक्रमण गर्ने कुनै पनि विचारबाट रोक्न बनाइएको हो, यो वार्ता गर्नुपर्ने विषय होइन ।’
 
इरानको ब्यालिस्टिक क्षमताले इजरायललाई आक्रमणको दूरीमा पुर्‍यायो, र जूनमा इजरायलको अभूतपूर्व आक्रमणपछि तेहरानले इजरायलका शहरहरूमा मिसाइल र ड्रोनद्वारा आक्रमण गरेको थियो । 

अमेरिकी प्रसारक एनबीसीका अनुसार युद्धपछि इरानले आफ्नो क्षेप्यास्त्र उत्पादनको पुनर्निर्माण र विस्तार गर्न खोजेको भन्दै इजरायलले चिन्ता व्यक्त गरेको छ । 

यसै महिनाको अन्त्यतिर हुने भनिएको अमेरिका भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि नयाँ सैन्य कारबाहीमा सहयोग गर्न सक्ने विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको एनबीसीले जनाएको छ ।
 
हालैको युद्धको क्रममा इजरायलले सैन्य स्थलहरू, आणविक सुविधाहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो जसमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
 
इजरायलले आफ्नो भूमिमा ५० भन्दा बढी इरानी क्षेप्यास्त्र आक्रमण भएको र यसबाट २८ जनाको मृत्यु भएको बताएको थियो ।
 
अमेरिकाले युद्धविरामको घोषणा गर्नुअघि इरानको आणविक केन्द्रमा केही समयका लागि आफ्नो सहयोगी इजरायलसँग मिलेर आक्रमण गरेको थियो।
 
इरानले कुनै समय अमेरिकाबाट धेरै हतियार खरिद गरेको थियो तर सन् १९७९ को इस्लामिक क्रान्तिपछि कूटनीतिक सम्बन्ध टुटेपछि उसले आफ्नै घरेलु हतियार उद्योग विकास गरेको छ। रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : २८ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय