हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन « Khabarhub

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन गरेको आरोपमा उपाध्यक्ष मित्र परियारलाई पदबाट निलम्बन गरेका छन् ।

बुटवलमा गत शनिबारआयोजित आमसभामा परियारले पार्टीको आचारसंहिताविपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनलाई निलम्बन गरिएको अध्यक्ष राईले बताएका छन् ।

पार्टीले जारी गरेको विज्ञप्ती अनुसार, मित्र परियारले पार्टीका जिल्ला सहसंयोजक केशव न्यौपानेलाई पनि आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेका थिए। यस प्रकारको व्यवहारलाई पार्टीले अस्वीकार गर्दै अनुशासनहीन कार्यकर्ताहरूमाथि कडा कारवाही गरिने विज्ञप्तीमा उल्लेख छ ।

‘श्रम संस्कृति पार्टीमा सबै सदस्य श्रमदातै हुन्। कोही नेता वा कार्यकर्ताले ‘केन्द्र समितिको हुँ’ भन्दै अन्य सदस्यलाई अपमान गर्ने प्रयास गरेमा त्यस्तो अभिव्यक्तिका लागि तुरुन्त कारवाही गरिने छ’ विज्ञप्तीमा उल्लेख छ ।

पार्टीले यस घटनाबाट सबै सदस्यहरूलाई अनुशासन र मर्यादाप्रति सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : १६ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन