इंग्ल्याण्डविरुद्धको पहिलो टी-२०मा भारतको सहज जित : अभिषेकले बनाए ७९ रन « Khabarhub

इंग्ल्याण्डविरुद्धको पहिलो टी-२०मा भारतको सहज जित : अभिषेकले बनाए ७९ रन


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

इडेन गार्डेन – भारतले इंग्ल्याण्डसँगको पहिलो टी-२० खेलमा तीन विकेटको सहज जित हात पारेको छ। इंग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य भारतले १२ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो।

भारतका लागि अभिषेक शर्माले ३४ बलमा ७९ रन प्रहार गरे। उनले ५ चौका र ८ छक्का प्रहार गरे इंग्ल्याण्डका जोफ्रा आर्चरले सानदार बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिँदै २ विकेट लिए।

सञ्जु सामसनले २६ तथा तिलक वर्माले १९ रनको योगदान गरे। इडेन गार्डेन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले अन्तिम बलमा सबै विकेट गुमाउँदै १३२ रन जोडेको हो।

इंग्ल्याण्डका कप्तान जोस बटलरले ४४ बलमा ६८ रनको योगदान गरे। उनले ८ चौका र २ छक्का प्रहार गरे। भारतका लागि म्यान अफ द म्याच समेत घोषित वरुण चक्रवर्तीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।

हार्दिक पाण्डे, अक्षर पटेल र आर्शदीप सिंहले समान दुईदुई विकेट लिए। सो खेलमा भारतले आर्शदीप बाहेक दोस्रो विशेषज्ञ सिमरलाई टोलीमा समावेश गरेको थिएन। अलराउण्डर पाण्डेले ४ ओभर बलिङ गरे भने पटेल चक्रवर्तीको साथमा रवि विस्नोइले पनि पुरा ओभर बलिङ गरे।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ५ : २९ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्