डाइनामोविरुद्ध आर्सनलको शानदार जित : सहज बन्दै दोस्रो चरणको यात्रा « Khabarhub

डाइनामोविरुद्ध आर्सनलको शानदार जित : सहज बन्दै दोस्रो चरणको यात्रा


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै आर्सनल युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग पक्का भएको छ।

अहिले १६ अङ्कसहित तेस्रो स्थानमा रहेको आर्सनलको प्ले आफ स्थान पक्का भइसकेको छ भने अर्को साता गिरोनासँग भारी गोल अन्तरले पराजित भएमा मात्र सिधै दोस्रो चरण प्रवेश गर्न बाट रोकिने छ। लिभरपुल र बार्सिलोना भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

घरेलु इमिरेट्स रङ्गशालामा भएको खेलमा दोस्रो मिनेटमा नै डेकलान राइसको गोलमा आर्सनलले अग्रता लिएको थियो। गाब्रियल मार्टिनेलीको क्रसलाई काइ हार्भाटेजले राइसलाई गोलका लागि अवसर मिलाएका थिए।

खेलको ६६ औँ मिनेटमा हार्भाटेजले अर्को गोल गरे। माइकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले पाँच सय औँ गोल गरेको हो। मार्टिन ओडेडाडले तेस्रो गोल गरे।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ५३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित