च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा « Khabarhub

च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको दोस्रो चरण यात्रा कठिन बन्दै गएको छ। गएराति भएको खेलमा दुई गोलको अग्रतालाई जोगाउन नसकेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीको युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेशको सम्भावना कठिन बनेको हो।

बुधबार राति पिएसजीसँगको खेलमा ४-२ ले पराजित भएको हो। ८ अङ्कसहित २५ औँ स्थानमा रहेको सिटीले प्ले अफमा छनोट हुनका लागि अर्को साता ब्रुगसँग हुने खेलमा अनिवार्य जित निकाल्नुपर्छ।

ज्याक ग्रेलिस र एर्लिङ हलान्डले गोल गर्दै सिटीलाई दोस्रो हाफको आठौँ मिनेटमा दुई गोलको अग्रता दिलाएका थिए। वैकल्पिक खेलाडी ओसमाने डेम्बेले र ब्राडली बार्कोलाले पिएसजीका लागि तुरुन्त गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो।

भिन्टिन्हाको फ्रिकिकमा जाओ नेभिसले हेड मार्फत गोल गरेपछि खेलको ७८ औँ मिनेटमा म्यानचेस्टरले अग्रता लिएको थियो। गोन्कालो रामोसले इन्जुरी समयमा पिसजीका लागि अन्तिम गोल गरे।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ३२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित