मन्थली अस्पताल भवन पालिकालाई हस्तान्तरण « Khabarhub

मन्थली अस्पताल भवन पालिकालाई हस्तान्तरण


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रामेछाप– पन्ध्र शय्याको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा १० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित दुईतले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले बुधबार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

उनले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख श्रेष्ठले अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज भएको बताए । साथै उनले नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने सोचमा आफू रहेको जानकारी पनि दिए । नगरको योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ९ : ३८ बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू