आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै « Khabarhub

आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच/पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो ।

पहिलोचरणमा वडा नम्बर ४ को मालुवेलाबाट काम सुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख हेमराज ओझाले बताए ।

सडक स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन भएको छ । ‘उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न १० लाख खर्च हुने देखियो’, नगर प्रमुख ओझाले भने । नगरपालिकाले आफ्नै साधन स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन् ।

गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो । चालु आवमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ९ : ४४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित