सभापति कप फुटबल प्रतियोगिता आजदेखि « Khabarhub

सभापति कप फुटबल प्रतियोगिता आजदेखि


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २६ लाख रुपैयाँ राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने सभापति कपको उद्‌घाटन खेलमा दिउँसो ३ बजे ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब र ब्वाइज युनाइटेड सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १० : १४ बजे

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले