नागरिकता दिइसकेपछि गैरआवासीय नेपालीलाई भिसाको प्रावधान गलत : सांसद गिरी « Khabarhub

नागरिकता दिइसकेपछि गैरआवासीय नेपालीलाई भिसाको प्रावधान गलत : सांसद गिरी


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको बताएका छन् । सरकारले त्यसलाई सच्याउनु पर्ने पनि उनले उल्लेख गरेका छन् ।

संघीय राजधानी काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनलाई मातृभूमि आउँदा भिसा लगाउनु पर्ने प्रावधान संविधानको मर्मविपरीत रहेको बताए।

एनआरएन नेताहरूले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय नेपाली नागरिकता लिइसकेकालाई दश वर्ष नि:शुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन्।

एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए। यद्यपि उनले यो सरकारलाई काम गर्न दिनु पर्ने बताउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जिकिर गरे ।

गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकोबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए ।

‘सबै सहकारी पीडितहरूले न्याय पाउनु पर्छ। उनीहरूको बचत रकम फिर्ता पाउनु पर्छ। यसमा सरकारले खुट्टा कमाउनु हुदैँन। जुनसुकै पार्टीको भए पनि छुट दिनु हुँदैन’, उनले भने ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका लाछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भइसकेको छ।

यता कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि रवि ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । उनका साझेदार छविलाल जोशी पनि कास्कीमा ८८ लाख र काठमाडौंमा ५० लाख धरौटी राखेर छुटेका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ११ : ५७ बजे

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका

सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत

मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन आग्रह

सुदूरपश्चिम- राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना

‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल !

काठमाडौं – फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ

ह्यारी–मेघन बेलायत फर्कने तयारीमा

लन्डन- बेलायती राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको करिब छ वर्षपछि राजकुमार ह्यारी