लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो « Khabarhub

लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो


१० माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसमा जंगलको आगोले फेरि भीषण रुप लिएको छ । आगो फेरि फैलिएपछि क्यालिफोर्नियाको सरकारले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेको छ। अहिले आगो लागिरहेको जंगलबाट बस्ती ४५ माइल दूरीमा छ ।

यो आगो कास्टिक तालनजिकै पहाडी इलाकामा सल्किएको हो । यस क्षेत्रमा कयौँ बाक्लो बस्ती र स्कुलहरू रहेका छन् ।

आगोको चपेटामा ८ हजार एकभन्दा धेरै इलाका परेर जलिसकेको छ । तीव्र हावा र सुकेको जंगली झाडीले आगोलाई इन्धनको काम गरिरहेको छ ।

तर अहिलेसम्म यस क्षेत्रमा लागेको आगोले कसैको घरमा क्षति पुगेको छैन । तर आगोका कारण १९ हजार स्थानीयबासिन्दा घर छाडेर भाग्न बाध्य भएका छन् ।

कैलिफोर्नियामा अग्निनियन्त्रक दल अहिले पनि आगो नियन्त्रणका लागि खटिरहेको छ । लस एन्जलसक्षेत्रमा आगो फैलिएको दुई साता हुन लागिसकेको छ।

अहिले त्यसक्षेत्रमा लागेको आगोका कारण कयौँ आलीशान घरहरू ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १२ : १७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच