लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो « Khabarhub

लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो


१० माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसमा जंगलको आगोले फेरि भीषण रुप लिएको छ । आगो फेरि फैलिएपछि क्यालिफोर्नियाको सरकारले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेको छ। अहिले आगो लागिरहेको जंगलबाट बस्ती ४५ माइल दूरीमा छ ।

यो आगो कास्टिक तालनजिकै पहाडी इलाकामा सल्किएको हो । यस क्षेत्रमा कयौँ बाक्लो बस्ती र स्कुलहरू रहेका छन् ।

आगोको चपेटामा ८ हजार एकभन्दा धेरै इलाका परेर जलिसकेको छ । तीव्र हावा र सुकेको जंगली झाडीले आगोलाई इन्धनको काम गरिरहेको छ ।

तर अहिलेसम्म यस क्षेत्रमा लागेको आगोले कसैको घरमा क्षति पुगेको छैन । तर आगोका कारण १९ हजार स्थानीयबासिन्दा घर छाडेर भाग्न बाध्य भएका छन् ।

कैलिफोर्नियामा अग्निनियन्त्रक दल अहिले पनि आगो नियन्त्रणका लागि खटिरहेको छ । लस एन्जलसक्षेत्रमा आगो फैलिएको दुई साता हुन लागिसकेको छ।

अहिले त्यसक्षेत्रमा लागेको आगोका कारण कयौँ आलीशान घरहरू ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १२ : १७ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर