चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण  | Khabarhub Khabarhub

चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण 


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा अत्यन्त कमजोर देखिएको छ । 

पुलचोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन सञ्चालित परीक्षाको हिजो बेलुका प्रकाशित नतिजाले दुई तिहाइ बढी परीक्षार्थी अनुत्तीर्ण भएको पाइएको छ । 

काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा एमबीबीएस र बीडीएसका गरी कुल ८४४ जनाले सहभागिता जनाए पनि उत्तीर्ण सङ्ख्या २६२ जना (३१.०४ प्रतिशत) मात्रै भयो । परीक्षामा सहभागी भएका मध्ये ५६२ जना अनुत्तीर्ण भए ।

मेडिकल तर्फ ७७० जनाले परीक्षाका लागि फारम भरे पनि १७ जना अनुपस्थित रहेका थिए । परीक्षामा ७५३ जनाले सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्रै उत्तीर्ण भए । यो समूहमा ७ जनाको नतिजा वीथहेल्डमा रहेको छ ।

यस्तै बीडीएस तर्फ कुल ९५ जनाले फारम भरे पनि परीक्षामा ४ जना अनुपस्थित रहँदा ९१ जनाले मात्रै सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए । 

लाइसेन्सिङ परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई तिहाइ बढी हुँदा मेडिकल तथा डेन्टल कलेजको पढाईको गुणस्तरमा समेत प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : २३ बजे

भिसा नलागेका विद्यार्थीको करोडौँ रकम राज्यको कब्जामा

काठमाडौं – एमएसी अध्ययन निम्ति गोरखाकी एक विद्यार्थीले नेपालको शिक्षा

वरिष्ठ अधिवक्ता त्रिपाठीले इजलासमा भने- सहकारी पीडितलाई न्याय दिन रविलाई थुनामा पठाउनुपर्छ

रुपन्देही- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय

अमेरिकामा अवैध रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

वासिङ्टन– अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता

रविलाई हिरासतमा नपठाएपछि न्यायाधीश योगीसँग वकिलहरूको आक्रोश

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय

सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६