चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण  « Khabarhub

चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण 


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा अत्यन्त कमजोर देखिएको छ । 

पुलचोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन सञ्चालित परीक्षाको हिजो बेलुका प्रकाशित नतिजाले दुई तिहाइ बढी परीक्षार्थी अनुत्तीर्ण भएको पाइएको छ । 

काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा एमबीबीएस र बीडीएसका गरी कुल ८४४ जनाले सहभागिता जनाए पनि उत्तीर्ण सङ्ख्या २६२ जना (३१.०४ प्रतिशत) मात्रै भयो । परीक्षामा सहभागी भएका मध्ये ५६२ जना अनुत्तीर्ण भए ।

मेडिकल तर्फ ७७० जनाले परीक्षाका लागि फारम भरे पनि १७ जना अनुपस्थित रहेका थिए । परीक्षामा ७५३ जनाले सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्रै उत्तीर्ण भए । यो समूहमा ७ जनाको नतिजा वीथहेल्डमा रहेको छ ।

यस्तै बीडीएस तर्फ कुल ९५ जनाले फारम भरे पनि परीक्षामा ४ जना अनुपस्थित रहँदा ९१ जनाले मात्रै सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए । 

लाइसेन्सिङ परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई तिहाइ बढी हुँदा मेडिकल तथा डेन्टल कलेजको पढाईको गुणस्तरमा समेत प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : २३ बजे

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता