प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन « Khabarhub

प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले नीतिगत रुपमा सरकारको आयु लामो नभए पनि आफूहरूले बदल्न खोजेको भन्ने बुझाई सही नभएको बताए ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेदेखि नै माओवादी केन्द्रले भन्दै आएजस्तो भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा सरकार लिप्त रहेको प्रचण्डले आरोप लगाएका छन् ।

आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको बताउँदै प्रचण्डले देशको राजनीति सहज नदेखिएको दाबी पनि गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको जिकिर गरे ।

सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्डले त्यसमा विरोध जनाए । सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशन माग गर्ने तयारी गरेपछि बाध्य भएर संसद् आह्वान गरेको प्रचण्डले टिप्पणी गरे ।

यसैबीच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगंगाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मिहिनेतका साथ लाग्न निर्देशन दिए ।

त्यस्तै उनले बर्दियाको बबई पुल क्षेत्रका जनतासँगको भेटमा मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसद्‍मा आवाज उठाउने र आवश्यक कानुन परिमार्जन गरेर जानुपर्ने बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : ४० बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६