स्याङ्जामा भेटिएको बम डिस्पोज « Khabarhub

स्याङ्जामा भेटिएको बम डिस्पोज


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।

पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो।

खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो। श्री सिंह सारदुल गुल्मा आँधी खोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ। फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ४ : ०७ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्