सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । प्रदेशका समाजिक विकासमन्त्री मेघराज खड्काले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेशसभाका सांसद पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद जोशी र नरेशकुमार शाही छलफलमा सहभागी भएका थिए । समाजिक विकासमन्त्री खड्काले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको सङ्ख्या साविकको भन्दा थप गरिएको छ । यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साविकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई कुलपति र उपकुलपति नियुक्त गनुपर्ने व्यवस्था गरिएको छ । 

मुख्यमन्त्रीलाई प्रदेश प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ । 

प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले ‘सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ लाई स्वीकृत गरियोस्’ भनी पेस गरेको प्रस्तावलाई आजको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । 

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ४ : ४३ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका