भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध | Khabarhub Khabarhub

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम –  स्थापनाको सात वर्षपछि प्रदेश सभामा मधेशको कामकाजी भाषाको विषय प्रवेश पाएलगत्तै विवाद सृजना भएको छ ।

प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको नामाङ्कन र राजधानी तोक्ने कार्य सम्पन्न भए पनि प्रादेशिक भाषाले स्थान पाउन सकेको थिएन ।

पछिल्लो कार्यकालमा प्रदेशको सरकारी कामकाजको भाषा तोक्ने विषयले प्रवेश पाएपछि प्रदेश सभा साे विवादमै अल्झेको छ ।

प्रदेश सरकारको तर्फबाट शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई प्रस्ताव गरे पनि भाषा विवाद सतहमा देखिन थालेको छ । 

संसद् अवरुद्ध

माघ ९ गते बुधबार प्रदेश सभामा प्रस्तुत भाषा सम्बन्धी विधेयक माथि आज देखी छलफल थालिने भनिएको थियो ।

तर, प्रदेश सभाको बैठक सुरु भएलगतै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले विधेयक संशोधनको माग गर्दै संसद् अवरुद्ध गरेपछि १० मिनेटको लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

विधेयकमा मातृभाषाहरूलाई छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै प्रदेश सभा सदस्यहरूले विरोध जनाएका छन् । प्रदेश सभा सदस्य रामसरोज यादवले भाषाजस्तो संवेदनशील विषयमा आएको विधेयक हचुवाकै भरमा ल्याइएको आरोप लगाए ।

उनले प्रदेश सरकार मधेसमा कतिवटा भाषा बोलिन्छन् भन्ने विषयमा स्पष्ट हुनु आवश्यक रहेको बताए । उनले मधेसमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई पहिलो नम्बरमा राखेर अन्य मातृभाषा नसमेटिएकोमा प्रदेश सभा सदस्य यादवले आपत्ति जनाए । 

सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टीकै प्रदेश सभा सदस्य चन्दन सिंहले मधेसमा अनेकौँ भाषा छन्,  आफूले मधेशी भाषामा शपथ लिएका  भाषाको सम्मान विधेयकमा खोजिरहेको बताए । 

अर्का प्रदेश सभा सदस्य जयनुल राइन यो विधेयकले मुस्लिम समुदायको प्रतिनिधित्व नगरेको गुनासो गरे । उनले मुस्लिम समुदायको भाषा उर्दु नसमेटिएसम्म यो विधेयक पास हुन नदिने चेतावनी दिए ।

 भाषा सम्बन्धी विधेयकलाई लिएर प्रदेश सभा सदस्यहरू जितेन्द्र सोनल, रत्नेश्वर गोइत, युवराज खतिवडा लगायतका प्रदेश सभा सदस्यहरूले विरोध जनाएका छन् ।

प्रदेशको झण्डै आधा जनसङ्ख्याले बोल्ने मैथिली भाषा सँगै दोस्रो र तेस्रो भाषा सहित मधेशको सम्पर्क भाषा हिन्दी र अन्तर्राष्ट्रिय भाषालाई समेटेर भाषा सम्बन्धी विधेयक प्रस्तुत गरिएको सरकार पक्षको दाबी छ ।

तर, थारु, उर्दु र मगही भाषीहरूले आफ्नो भाषा समेत कामकाजी भाषा हुनुपर्ने माग गरे पछि मधेश नै भाषा विवाद अल्झेको छ । सरकारले एक वा एक भन्दा बढी भाषालाई प्रदेशको कामकाजी भाषाको रूपमा निर्धारण गर्न सक्ने कानुनी प्रावधानका कारण अहिलेको भाषा विवाद सृजना भएको भाषा विद्धहरूले दाबी गरेका छन् ।

‘राष्ट्रिय भाषाका अतिरिक्त एउटा भाषालाई मात्र प्रादेशिक भाषाको रूपमा मान्यता दिने प्रावधान भएको भए यो समस्यानै नआउने भाषा विद्ध अयोध्यानाथ चौधरी संविधानले नै विवाद बढाउने प्रावधान राखेको बताउँछन्‌ ।

 उनले भने–‘मधेश प्रदेशमा झण्डै आधा जनसङ्ख्या मैथिली भाषी छन् । जुन मुलुककै दोस्रो भाषा समेत छ । प्रदेशमा दुइटा भाषा सम्मलाई प्रादेशिक भाषाको रूपमा मान्यता दिने प्रावधान भई दिएको भए यो समस्या नै आउने थिएन । प्रादेशिक भाषा संख्या निर्धारण नहुँदा यो समस्या आएको छ ।’

सबै भाषीलाई आफ्नो भाषाको लागि आवाज उठाउने अधिकार छ, तर लोकतन्त्रमा बहुसंख्यकको निर्णय र अल्पसंख्यकलाई सम्मान गर्नु पर्ने सर्वमान्य सिद्धान्तलाई अंगिकार गर्नु नै उपयुक्त देखिन्छ ।

सरकारी कामकाजको भाषामा पर्ने बाहेक प्रदेशका भाषाको विकास, संरक्षण एवम्‌ सम्बर्द्धनका लागि भाषा आयोगको गठन गर्दै भाषा विवादलाई समाधानको बाटोमा लैजानु एकमात्र विकल्पको रूपमा रहेको छ ।

भाषा र संस्कृति हरेक व्यक्तिसँग जोडिएको विषय भएकोले यसलाई कानुनी स्तरबाटै टुङ्गोमा पुर्‍याउन आवश्यक देखिन्छ ।

पछिल्लो जनगणना अनुसार मधेश प्रदेशमा बोलिने ६२ भाषाहरूमा सर्वाधिक बोलिने भाषा मैथिली ४१.७३ प्रतिशत, भोजपुरी १८.८१, बज्जिका १८.४४, नेपाली ५.७६, थारु ४.१७, उर्दु ४.८, मगही ३.५२ र तामांङ्ग १.६५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ११ बजे

सुन तोलामा सात हजार ५०० ले घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं–  सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ