सभापति कप फुटबल : संकटा क्लब विजयी « Khabarhub

सभापति कप फुटबल : संकटा क्लब विजयी


१० माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा आजदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा संकटा क्लबले विजयी सुरुआत गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । संकटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे । 

खेलको २३औँ मिनेटमै रिचर्डले संकटालाई सुरुवाती अग्रता दिलाए। त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे। 

उक्त हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ। भोलि दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली एपिएफ कल्बबीच प्रतिस्पर्धा हुनेछ । 

नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु २६ लाख तथा उपविजेता टोलीले रु १३ लाख प्राप्त गर्नेछ । 

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ६ : २६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट