निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त नहुने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव, २०८१ को आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।

निजी क्षेत्रसँगको सहकार्यमा सरकारले जोड दिएको उल्लेख गर्दै उनले त्यसको वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घीय सरकारले अध्यादेशमार्फत निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसले शिथिल अर्थतन्त्र उकासिने धारणा राखे ।

सङ्घले सात वटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुआत गरेकामा उनले खुसी व्यक्त गरे । गण्डकी प्रदेशमा दुई वटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अब यसको काम अगाडि बढेको जानकारी गराए।

हालै कोरला नाका सुचारु भएको र त्यहाँ अध्यागमन कार्यालय सुरुवात भएको उल्लेख गर्दै उनले त्यसलाई पूर्णरुपले सञ्चालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटो भरपर्दो बनाएर सञ्चालन गर्न सकिए गण्डकी प्रदेशलाई व्यापार व्यवासायमा फाइदा पुग्ने बताए ।

कोरला नाकालाई व्यवस्थित रूपमा सञ्चालन गरिएमा त्यसले तिब्बतसँगको व्यापार यतैबाट हुने उनको भनाइ थियो । गण्डकी प्रदेशमा उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाइएको भन्दै उनले उत्पादन प्रक्रिया सुरु भएपछि मात्र अनुदान दिन थाल्ने जानकारी दिए ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए। 

गण्डकी सरकारले उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रस्ट रहेको धारणा राखे।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ७ : ३० बजे

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

 काठमाडौं- अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा

बजेट अभावमा रोकियो गैँडा गणना

 चितवन – हरेक पाँच वर्षमा हुँदै आएको गैँडा  गणना आर्थिक

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

 काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव

सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाश काले विपरीत बुद्धि

 काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक– धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको