निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे « Khabarhub

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे


१० माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त नहुने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव, २०८१ को आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।

निजी क्षेत्रसँगको सहकार्यमा सरकारले जोड दिएको उल्लेख गर्दै उनले त्यसको वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घीय सरकारले अध्यादेशमार्फत निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसले शिथिल अर्थतन्त्र उकासिने धारणा राखे ।

सङ्घले सात वटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुआत गरेकामा उनले खुसी व्यक्त गरे । गण्डकी प्रदेशमा दुई वटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अब यसको काम अगाडि बढेको जानकारी गराए।

हालै कोरला नाका सुचारु भएको र त्यहाँ अध्यागमन कार्यालय सुरुवात भएको उल्लेख गर्दै उनले त्यसलाई पूर्णरुपले सञ्चालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटो भरपर्दो बनाएर सञ्चालन गर्न सकिए गण्डकी प्रदेशलाई व्यापार व्यवासायमा फाइदा पुग्ने बताए ।

कोरला नाकालाई व्यवस्थित रूपमा सञ्चालन गरिएमा त्यसले तिब्बतसँगको व्यापार यतैबाट हुने उनको भनाइ थियो । गण्डकी प्रदेशमा उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाइएको भन्दै उनले उत्पादन प्रक्रिया सुरु भएपछि मात्र अनुदान दिन थाल्ने जानकारी दिए ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए। 

गण्डकी सरकारले उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रस्ट रहेको धारणा राखे।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ७ : ३० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट