झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता « Khabarhub

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ आठ सय ६६ उद्योग नवीकरण गरिएको उनले बताए ।

उनका अनुसार जिल्लामा सो अवधिमा उद्योगतर्फ ८५ र वाणिज्यतर्फ ७१ गरी एक सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेको उनले बताए ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दो रहेको भट्टराईको भनाइ छ । कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकमा रु एक करोड ४८ लाख १९ हजार चार सय ५० राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ८ : ४४ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही