खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ « Khabarhub

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ


१० माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र १०१००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट आज जाँचका क्रममा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।

सोधपुछका क्रममा बालाले उक्त लागुऔषध रमन महर्जन र विनोद तामाङले ल्याउन लगाएको भनि बयान दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई बा ५१ प ७५५८ मोटरसाइकलसहित लागुऔषध लिन बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिए ।

पक्राउ परेका २६ वर्षीय महर्जन चन्द्रागिरि नगरपालिका र ३८ वर्षीय तामाङ धादिङको थाक्रे गाउँपालिकाका स्थायी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो नागढुङ्गाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

चोरीका कपडासहित चार पक्राउ

काठमाडौँ महानगरपालिका–३० डिल्लीबजारस्थित सौरभ लोहियाले सञ्चालन गरेको आनन्द गार्मेन्टबाट चोरी भएका कपडासहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले सोही गार्मेन्टमा काम गर्ने २८ वर्षीय निरज मोदी, ४६ वर्षीय सुरेश सहनी, ३३ वर्षीय पदमलाल श्रेष्ठ र ५३ वर्षीय भारतीय नागरिक शेख अबदुल रहमनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १० : १५ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि