आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ११ गते आइतबार फागुन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट तपाईंको प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ।

वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथ मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ।

मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ। आफ्ना साथीबाट असहयोग हुनेछ। स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने समय आएको छ।

सिंह : शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारसँगको घुमघाम रमाइलो बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। दिन रमाइलो बन्दा मन शान्त बन्नेछ।

कन्या : जिम्मेवारीका नाममा बोझ बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ।

तुला : एकल निर्णयबाट घाटा हुनेछ। साथीसँगको सहकार्यले दिन सफल बन्नेछ। शिक्षा र स्वास्थ्यका लागि दिन राम्रो छ। परिवारसँग छलफल गरेर महत्त्वपूर्ण कामको सुरुवात गर्नु उचित हुनेछ।

वृश्चिक : दिन राम्रो छ। स्वास्थ्यमा सचेत बन्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ। सहयोगी साथीको बहुमतले काम बन्ने योग छ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। विपक्षीका विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। पुराना मित्रसँगको भेटले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अन्त्य साढेसाती दशा भएकाले दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : आम्दानीका स्रोत पत्ता लाग्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीन : दिन राम्रो छ। बौद्धिक साथीसँग थोरै बोल्नु उचित हुनेछ। सुरुवाती शनिदेव १२ औं स्थानमा पुगेकाले सञ्चित धन खर्च हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ५ : ०६ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय