अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र म्यानमार भिड्ने « Khabarhub

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र म्यानमार भिड्ने


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र म्यान्मारबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । 

प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ ।

नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै, आज दिउँसो १ बजे हुने पहिलो खेलमा लेबनान र किर्गिस्तान खेल्ने छन् । फाइनलबाट बाहिरिए पनि दुवै टोली सान्त्वना जितको खोजीमा छन् ।

प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ५४ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी