च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै « Khabarhub

च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम भारत र पाकिस्तान भिड्दैछन्। भारत र पाकिस्तानको राजनीतिक द्वन्द्व जस्तै क्रिकेट प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।

च्याम्पियन ट्रफीको आयोजकसमेत रहेको पकिस्तानले भारतसँग युएईस्थित दुबई मैदानमा प्रतिस्पर्धा गर्नेछ। आयोजक पाकिस्तान भए पनि भारत क्रिकेट खेल्न पाकिस्तान नजाने भएपछि केही खेल युएईमा हुँदैछन्। भारत र पाकिस्तानको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

समूह ‘ए’मा रहेको भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै दुई अंक जोडिसकेको छ। पहिलो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले शुभमन गिलको शतकको मद्दतमा २१ बल बाँकी हुँदै २३१ रन बनाएर भेट्टाएको थियो।

यता पाकिस्तानले भने पराजयबाट ट्रफीको सुरुवात गरेको छ। उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३२० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा सबै विकेट गुमाएर २६० रनमा समेटिएको थियो।

प्रतियोगिताको आयोजक पाकिस्तानमाथि भारतलाई जित्नै पर्ने दबाब छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ४४ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य