आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना « Khabarhub

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगाली भए कुन तरिकाबाट नियन्त्रण गर्ने भन्नेबारे समुदायको सहभागितामा नमूना अभ्यास गरिएको हो ।

अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुग्ने उनको विश्वास छ ।

कार्यक्रममा आगलागी हुँदा प्रहरीलाई खबर गर्ने, दमकलका लागि नगरपालिकाको विपद् शाखामा खबर गर्ने, घटनास्थलमा पुगेर सुरक्षा निकाय, स्थानीय समुदायले मिलेर आगलागी नियन्त्रण गर्ने, घाइते भए घटनास्थलमै प्राथमिक उपचार गरी एम्बुलेन्समार्फत अस्पताल पुर्याउने, प्रहरीले क्षतिको मुचुल्का तयार गर्नेलगायत कार्य नमूना अभ्यास गरेर देखाइएको थियो ।

खाना पकाउने ग्यास चुहावट भएर आगलागी भए ग्यास सिलिण्डर बन्द कसरी गर्ने भन्नेबारे समुदायलाई नमूना अभ्यास गरेर देखाइएको विपद् शाखा प्रमुख भट्टले बताए ।

उनका अनुसार आगलागी हुन नदिनका लागि कस्तो किसिमको सावधानी अपनाउने, आगलागी भइहालेमा आफैँ कसरी नियन्त्रणको प्रयास गर्ने र कुन–कुन निकायमा को–कोसँग सम्पर्क राख्ने, सम्पर्क राख्न कति नम्बरमा फोन गर्ने भन्ने कुरा पनि समुदायलाई जानकारी गराइएको छ ।

वन क्षेत्रमा प्राकृतिक र मानवीय रूपमा लाग्ने डढेलो लाग्नै नदिनका लागि अपनाउनुपर्ने सावधानीसँगै डढेलो लागिहाले कुन तरिकाले नियन्त्रण गर्ने भन्नेबारे कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा सहभागी वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले आगलागी नियन्त्रणसम्बन्धी नमूना अभ्यासबाट आगलागी नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानीबारे जानकारी पाएपछि सचेत बनेको बताए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, नगरपालिकाका विपद् शाखका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र स्थानीय समुदायको सहभागिता थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : २२ बजे

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी