केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि हुँदै « Khabarhub

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि हुँदै


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् । 

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विभागीय टिम एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड, मछिन्द्र क्लब, एनआरटी क्लब, सङ्कटा क्लब र केपी ओली एफसी सहभागी छन् ।

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने छन् भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा सङ्घ नेपालले जनाएको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको