त्रिशूली नदीमा भेटिएको शव चितवनका रोहित रानाको भएको पुष्टि « Khabarhub

त्रिशूली नदीमा भेटिएको शव चितवनका रोहित रानाको भएको पुष्टि


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– त्रिशूली नदीमा फेला परेको शव मोटरसाइकल दुर्घटना हराइरहेका चितवनका रोहित रानाको रहेको पुष्टि भएको छ ।

आज बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो ।

उक्त शव चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशूली नदीमा हराइरहेका रानाको भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते दुर्घटना भएको थियो ।

भारतीय सेनामा कार्यरत राना चितवनस्थित घरबाट काठमाडौंका लागि हिँडेको अवस्थामा दुर्घटनामा परेका थिए ।  

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : ३२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा