स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला « Khabarhub

स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष ६० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।

व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुन् । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गरेका हुन्  । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्ता गरी सञ्चालन गरेका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आएका छन् ।

यस वर्ष न्यूनतम ७० रुपैयाँदेखि अधिकतम एक सय २० रुपैयाँ प्रतिकिलोका दरले सुन्तला बिक्री गरी ६० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए । 

‘यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ’, उनले भने, ‘बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।’

गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । 

गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान ६० लाख रुपैयाँ हुन पुगेको उनी बताउँछन् ।

करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । 

त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सारेका थिए । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गरेका छन् ।

‘मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो’, उनले भने, ‘आठ जनाको परिवारको शिक्षादीक्षा तथा घर खर्च सबै यसैबाट चलाएको छु ।’

सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आएका छन् । उनले यस वर्ष मात्रै चार करोड ५७ लाख रुपैयाँको सुन्तला खरिद बिक्री गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : ०२ बजे

मौन अवधिमै दल र उम्मेदवारले गर्छन् निर्णायक प्रयास

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित गरेर आज

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते