ऊर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन « Khabarhub

ऊर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएको छ । 

सामाजिक सञ्जालबाट मन्त्री खड्काको विरोध गरेको भन्दै दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख विमल गुरुङलाई जिम्मेबारीबाट हटाउन मन्त्रालयले निर्देशन दिएको हो ।

‘तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत, बिमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई जिम्मेबारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमासमेत छलफल भई निर्देशन भइसकेकोमा निजलाई हालसम्म पनि जिम्मेवारीबाट नहटाएको बुझिन आएको हुँदा निजलाई तत्काल जिम्मेबारीबाट हटाई यस मन्त्रालयलाई जानकारी गराउनुहुन सचिवस्तरको निर्णयअनुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

प्राधिकरणले दूधकोशी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारीमा २०८१ साउन अन्तिममा इन्जिनियर गुरुङलाई पठाएको थियो । प्राधिकरणको सहायक दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा आयोजना प्रमुखको जिम्मेवारी तोकिएको थियो ।

उनी २६ वर्षदेखि प्राधिकरण अन्तर्गतको जिम्मेवारीमा रहेर जलविद्युत् विकासमा काम गरेका विज्ञ व्यक्ति हुन् । तामाकोशी सफल बनाएका उनलाई ६३५ मेगावाटको दूधकोशीको मुख्य जिम्मेवारी तोकिएको थियो । तर अब ऊर्जामन्त्री खड्काले आलोचना गरेको भन्दै उनलाई हटाउन लागेका हुन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीमा अध्ययनको चरणदेखि नै गुरुङ जोडिएका थिए । तामाकोशी आयोजना पूरा हुनुमा एउटा इन्जिनियर, व्यवस्थापक तथा सहयोगीका रूपमा उनको भूमिका महत्त्वपूर्ण थियो।

कार्यकारी निर्देशक घिसिङले मन्त्रीको दबाब नस्वीकारी गुरुङलाई दूधकोशीमा निरन्तरता दिइरहेका छन् । प्राधिकरणका कर्मचारीलाई मन्त्रालयले सरुवा/बढुवा गर्न सक्दैन । त्यसैले मन्त्रालयले कार्यकारी निर्देशक घिसिङमाथि दबाब दिइएको हो ।

गुरुङ दूधकोसी सम्हालन पुगेपछि वित्तीय व्यवस्थापनका लागि एसियाली विकास बैंकसँगको मिसनसँग अहिले साइटमै रहेर निर्माण तयारीको कामलाई टुंगोमा पुर्‍याइसकेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : १४ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न