तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति « Khabarhub

तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन विद्यार्थी संगठनका नेताहरूको बैठक बसेको छ ।

आइतबार बालुबाटारमा बसेको बैठकमा सबै विद्यार्थी संगठन गठबन्धन नगर्ने (एक्ला-एक्लै) भिड्ने सहमति भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

आइतबार बालुवाटारमा बसेको बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु अध्यक्ष समिक बडाल, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट अध्यक्ष विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव शक्ति बस्नेत उपस्थित थिए ।

यस्तै विद्यार्थी संगठनका इन्चार्जहरू पनि बैठमा उपस्थित थिए । यो बैठकमा जसपा, जसपा नेपाल र एकीकृत समाजवादीको विद्यार्थी संगठनलाई उपस्थित गराइएको छैन ।

बैठकमा निर्वाचन एक्ला-एक्लै लड्ने सहमति भएकोछ । आगामी चैत ५ गतेभित्रै सबै क्यापसको निर्वाचन समयमै गर्न विद्यार्थी संगठन तयार रहेको जानकारी त्रिभुवन विश्वविद्यालयलाई गराउने सहमति भएको छ ।

यता त्रिभुवन विश्वविद्यालय प्रशासनले पनि आगामी चैत ५ गतेभित्र स्ववियु निर्वाचन गर्ने तयारीमा जुटेको छ । निर्वाचन कार्यक्रम तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । यसअघि फागुनमा हुने भनिएको निर्वाचन एक महिना पर सारिएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : १७ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक