प्रधानमन्त्री ओली फेरि संसद् विघटनको योजनामा छन् : अग्नि सापकोटा « Khabarhub

प्रधानमन्त्री ओली फेरि संसद् विघटनको योजनामा छन् : अग्नि सापकोटा


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशन उद्घाटन गर्दै सापकोटाले अध्यादेशको बलमा शासन चलाउनाले वर्तमान प्रधानमन्त्री संसद् विघटन गर्न उद्दत भएको आरोप लगाए ।

उनले प्रधानमन्त्री केपी ओलीलाई संसद् विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे ।

सरकारकै कारण २३ दिनसम्म संसद् कामविहीन भएको उनले बताएका छन् ।

सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पूरै असफल भएको बताउँदै सरकार अध्यादेशको पासोमा परिसकेको धारणा राखे ।

उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउनेलाई सरकारले लखेटिरहेको बताए । उपाध्यक्ष सापकोटाले संविधान संशोधनका नाममा कांग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको तर्क गरे ।

वर्तमान सरकारबाट जनताको विश्वास पूर्णरुपमा गुमिसकेको उनको भनाइ छ । सापकोटाले प्रतिगमनको खतराविरुद्ध खवरदारी गर्दै संविधानको रक्षा गर्न माओवादीले फागुन १२ गते झापाबाट ‘जनतासँग माओवादी अभियान’ सुरू गर्न लागेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : २७ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर