भारतले यसै वर्षको अन्त्यतिर स्वदेशमै विकसित सेमिकन्डक्टर बनाउने « Khabarhub

भारतले यसै वर्षको अन्त्यतिर स्वदेशमै विकसित सेमिकन्डक्टर बनाउने


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले यसै वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा स्वदेशमै विकसित सेमिकन्डक्टर चीप उत्पादन शुरु गर्ने भएको छ । 

भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले स्वदेशमा विकसित सेमिकन्डक्टर चीपको उत्पादन यसै वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा शुरु हुने जानकारी दिएका हुन् ।

गुजरात राज्यको धोलेरा शहरमा टाटा कम्पनीले ताइवानको पावरचिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसनसँग मिलेर सेमिकन्डक्टर एकाई निर्माण गरिरहेको छ । 

त्यसैगरी गुजरातकै सनन्द क्षेत्रमा मिक्रोनको एसेम्बली र परीक्षण केन्द्रको निर्माण प्रक्रिया ६० प्रतिशत सम्पन्न भइसकेको टेक इन एशियाले जनाएको छ ।

भारत सरकारले बैंगलुरुस्थित भारतीय विज्ञान प्रतिष्ठानलाई गेलियम नाइट्राइड प्रविधिमा अनुसन्धान गर्नका लागि ३ सय ३४ करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । 

भारत अहिले विश्वमा सेमिकन्डक्टर प्रविधिको क्षेत्रमा अग्रणी मुलुकको रूपमा स्थापित हुने प्रयासमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : ५२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष