भारतले यसै वर्षको अन्त्यतिर स्वदेशमै विकसित सेमिकन्डक्टर बनाउने « Khabarhub

भारतले यसै वर्षको अन्त्यतिर स्वदेशमै विकसित सेमिकन्डक्टर बनाउने


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले यसै वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा स्वदेशमै विकसित सेमिकन्डक्टर चीप उत्पादन शुरु गर्ने भएको छ । 

भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले स्वदेशमा विकसित सेमिकन्डक्टर चीपको उत्पादन यसै वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा शुरु हुने जानकारी दिएका हुन् ।

गुजरात राज्यको धोलेरा शहरमा टाटा कम्पनीले ताइवानको पावरचिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसनसँग मिलेर सेमिकन्डक्टर एकाई निर्माण गरिरहेको छ । 

त्यसैगरी गुजरातकै सनन्द क्षेत्रमा मिक्रोनको एसेम्बली र परीक्षण केन्द्रको निर्माण प्रक्रिया ६० प्रतिशत सम्पन्न भइसकेको टेक इन एशियाले जनाएको छ ।

भारत सरकारले बैंगलुरुस्थित भारतीय विज्ञान प्रतिष्ठानलाई गेलियम नाइट्राइड प्रविधिमा अनुसन्धान गर्नका लागि ३ सय ३४ करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । 

भारत अहिले विश्वमा सेमिकन्डक्टर प्रविधिको क्षेत्रमा अग्रणी मुलुकको रूपमा स्थापित हुने प्रयासमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : ५२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा