पूर्वराजालाई सांसदको चुनौती- गणतन्त्रविरुद्ध नबोल्नू, ०८४ को निर्वाचन लड्ने आँट गर्नू « Khabarhub

पूर्वराजालाई सांसदको चुनौती- गणतन्त्रविरुद्ध नबोल्नू, ०८४ को निर्वाचन लड्ने आँट गर्नू


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा बोल्न थालिएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले कदापि राजतन्त्र हुन नसक्ने उनले बताएकी हुन् ।

उनले विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि हुने बताएकी छन् । कुनै पनि बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहार स्वीकार्य नरहेको चेतावनी उनले दिइन् । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरू यसविरुद्ध भइरहेका गतिविधिबाट सचेत हुनुपर्ने उनले बताइन् ।

‘लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होइन । नेपाली जनताको शक्तिले हाँसिल गरको हो, लोकतन्त्रको विकल्प लोकतन्त्रभन्दा अरु हुन सक्दैन । व्यक्ति गलत हुनसक्छ, व्यक्तिले गल्ती गर्न सक्छ । विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि नै हुन्छ’, उनले भनिन्, ‘त्यो विधिलाई छलफल गरेर अझ पार्दर्शी र कसिलो बनाउन सकिन्छ । गल्ती गर्नेलाई दण्डित गर्न सकिन्छ । तर, कुनैपनि बहाना गरेर गणतन्त्रमाथिको प्रहार स्वीकार्य छैन ।’

उनले पछिल्ला दिनमा संसद् जनताको समस्या छलफल गर्ने भन्दा एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने ठाउँ जस्तो देखिएको उनले बताइन् ।

‘संसद् मर्यादित भन्दा अराजक भयो भन्ने गुनासो सुनिन थालेको छ’, उनले भनिन्, ‘लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी छ । व्यवस्थामाथि वितृष्णा फैलाउन चालिएको चाल त होइनन् ती ?’

न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्न चुनौती पनि दिएकी छन् । उनले टीका लगाएर वा कृपाले पुनःसत्ता र शक्तिमा फर्किने सपना नदेख्न पूर्वराजा र उनका समर्थकलाई चुनौती दिइन् ।

‘जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो, नागरिक नै देशको सर्वोच्च पदमा पुग्नसक्ने बनायो, त्यही आन्दोलनले नै राजालाई आन्दोलनबाट नागरिक बनाएको हो’, उनले भनिन्, ‘सत्तामै फर्किने चाहना भए टीका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरुलाई मेरो सुझाव छ–कहिले पूरा नहुने, झर्ला र खाउँला भन्ने सोच त्याग्नुस् ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ०१ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि