शिक्षा ऐन पास गर्न सांसदलाई दबाबको खाँचो छ : नैनसिंह महर « Khabarhub

शिक्षा ऐन पास गर्न सांसदलाई दबाबको खाँचो छ : नैनसिंह महर


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा विधेयक पास गर्न सरकार र सांसदलाई दबाब दिनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय समितिद्वारा संयुक्त रूपमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महरले २०२८ सालदेखि शिक्षाको विकासका लागि नयाँ ऐन ल्याउन नसकिएको बताउँदै शिक्षा विधेयक पास गर्न दबाबको खाँचो रहेको औँल्याएका हुन् ।

‘विश्वले चेतना र प्रविधिका हिसाबले यो बीचमा ठूलो फड्को मारेको छ। तर, हामी ऐनकै विषयमा अल्झिएका छौँ। यस पटक पनि विधेयक पास गर्न सांसदहरूले खुट्टा लर्खाराउनु हुने हो कि भन्ने आंशका बडेको छ । यस्तो अवस्थामा विधेयक पास गर्न संसद् र सरकारलाई ठूलो दबाब सिर्जना गर्न आवश्यक छ,’ उनले भने ।

सरोकारवालासँग थप छलफल र अन्तरक्रिया गरेर विधेयकमा सबैको सहभागिताको प्रत्याभूति दिलाउनसमेत आवश्यक रहेको महरले बताए । शिक्षकका वर्गिक सवाल, नि:शुल्क र गुणस्तरीय जीवन उपयोगी शिक्षाका लागि कांग्रेस शिक्षक सँगसँगै रहेको उनको भनाइ छ ।

संसदको हिउँदे अधिवेशनबाट आफ्ना माग समेटेर शिक्षा ऐन पास हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनप्रति लक्षित गर्दै नेता महरले आज संसारभरि अधिकारका लागि संघर्ष भएका तर कर्तव्य पालनाका लागि कमै मात्र संघर्ष देखिनु विडम्बना भएको टिप्पणी गरेका छन् । उनले अबको संघर्ष अधिकार र कर्तव्यको संयोजनतर्फ अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : १६ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र