प्रमुख प्रतिपक्षी माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा « Khabarhub

प्रमुख प्रतिपक्षी माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैंठकमा सांसद माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सरकारको अकर्मन्यताका कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुपले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको सापकोटाले बताए ।

उनले यस प्रकरणमा प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । नेपाल ग्रे–लिस्टमा पर्नुले सरकार पूरा असफल भइसकेको पुष्टि गरेको पनि उनले जिकिर गरे ।

‘सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी गतिविधि मामलामा निगरानी अन्तर्राष्ट्रिय संस्था (एफएटीएफ) ले नेपाललाई आधिकारिक रुपमा ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्मन्यता, वित्तीय क्षेत्रमा सुधारको अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः लज्जाजनक अवस्थामा पुगेको छ’, उनले भने, ‘म यसप्रति खेद व्यक्त गर्दछु, निन्दा व्यक्त गर्न चाहन्छु । यो घटनाक्रमले सरकार सुशासनको पक्षमा छैन, पूर्ण रुपले असफल भएको संकेतका रुपमा लिनुपर्छ । सरकारले नैतिक रुपमा मार्ग प्रशस्त गर्नुपर्छ ।’

अब सरकारसँग जनताको विश्वास र भरोसा बाँकी नरहेको बताउँदै उनले सिंगै देशको इज्जत, प्रतिष्ठा र मान संरक्षण र रक्षाको लागि प्रतिनिधि सभाले गम्भीरतापूर्वक विशेष कदम चाल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : १८ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक