कर्णालीमा स्याउका विरुवा रोप्न पुगे महासचिव विप्लव « Khabarhub

कर्णालीमा स्याउका विरुवा रोप्न पुगे महासचिव विप्लव


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले जुम्लामा स्याउ रोप्ने अभियान चलाइरहेका छन् । उनले आइतबार स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरे ।

नेकापाको केन्द्रीय कार्यलयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका-७ धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा स्याउ रोप्न थालिएको हो ।

महासचिव विप्लवले कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने निष्कर्ष आफूहरूले निकालेको बताएका छन ।

उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोडेर सबै जनतालाई कृषि क्रन्तिमा लगाउँदै देशलाई आत्मनिर्भर बनाउने योजना रहेको सुनाए ।

उनले हावापानी र मौसमअनुसारको फलफुल बालीनाली उत्पादन गरिरहेको पनि बताए । ‘अहिले हाम्रा नेताकार्यकर्तालाई देशैभर खानका लागि कहीँकतै माग्नुपर्ने अवस्था छैन । देशैभर सबै नेता-कार्यकर्ता उत्पादनमा लागेका छौँ ।’

महासचिव विप्लवले जगा उपलब्ध गराउने हिमा गाउँपालिका-७ धाँचुगाउँकी कृष्ण कौडा शाहीलाई धन्यवाद दिए । ‘उहाँ शहीद परिवार पनि हुनुहुन्छ, उहाँले हामीलाई जग्गा उपलब्ध गराउनु भयो ।’

स्याउ रोप्ने अभियानमा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य विषम सी, भरत सी, सुशील सी, पोलिटब्युरो सदस्य असल सी, भेषराज सी लगायत केन्द्रीय सदस्य सहभागी थिए । त्यसैगरी केन्द्रीय प्रतिनिधि सदस्यहरू, युवा, विद्यार्थी, पत्रकार, नेता-कार्यकर्ता र स्थानीयबासी पनि सहभागी भए ।

स्याउ रोपन कार्यक्रम दिनभर चल्नेछ । साँझ समापन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिर्खबहादुर शाही ‘प्रभाजित सी’ले जानकारी दिए ।

आइतबार धौलापानीमा करिब १ हजार बढी बिरुवा रोपेर सोमबार बिहान बिहान कालीकोटको तिलागुफा नगरपालिकाको फोहिईमा स्याउ रोप्ने अर्को अभियान चलाइने नेकपाका केन्द्रीय सदस्य अडिक सीले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ३० बजे

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा

पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच

हावाहुरी र असिनापानीले धानबालीमा क्षति, ७३ घरपरिवार प्रभावित (तस्बिरहरू)

काठमाडौं– नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा