पाथीभरा केबलकारबारे योगेशले भने : धर्म-संस्कृतिलाई राजनीतिमा प्रवेश गराउँदा विवाद बढायो « Khabarhub

पाथीभरा केबलकारबारे योगेशले भने : धर्म-संस्कृतिलाई राजनीतिमा प्रवेश गराउँदा विवाद बढायो


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकारलाई लिएर नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई तनावमा छन् ।

सरकारले सबै प्रक्रिया पूरा गरेर निर्माण अनुमति दिएको अवस्थामा भइरहेको विरोधका नाममा राजनीति गर्न थालिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

ताप्लेजुङबाट २०७९ को चुनाव जितेका उनलाई केबलकारको पक्षपोषण गरेको भन्दै ‘नो केबलकार’ समूहले निशाना बनाइरहेका छन् । शनिबार राति पनि योगेशका दाजुको घरबाट ढुंगा हानिएको आरोप आन्दोलित पक्षले लगाएको छ ।

यस्तोमा भट्टराईले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पाथीभरामा निर्माण भइरहेको केबलकारका कारण सिर्जित विवादबारे संसद्लाई ध्यानाकर्षण गराएका छन्।

सांसद भट्टराईले नेपालको कानुनअनुसार नै निजी क्षेत्र (चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुप) लाई अनुमति दिएको भन्दै उक्त कुरा कसैले पनि बिर्सिन नहुने बताएका छन्।

‘ताप्लेजुङमा केबलकार निर्माणको विषयलाई लिएर अहिले विवाद र बहस दुवै चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना भइरहेको छ,’ उनले भने, ‘नेपालको ऐन-कानुनअनुसार नै निजी क्षेत्रलाई केबलकार बनाउन अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यसआधारमै निजी क्षेत्रले केबलकार निर्माण अगाडि बढाएको हो ।’

सांसद भट्टराईले केबलकारलाई लिएर विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको शैलीबारे प्रश्न उठाएका छन् ।

‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ, तर विरोधका पनि सीमा हुन्छन् । सभ्य र शान्तिपूर्ण विरोधका शैलीलाई बढाउनु पर्छ भन्ने मान्यता हो,’ भट्टराईले अगाडि भने ।

उनले कसैलाई पनि विकास विरोधी भन्न नहुने बताए । धर्म-संस्कृतिलाई राजनीतिमा जोड्न थालेपछि समस्या हुने पनि उनले उल्लेख गरेका छन् ।

‘विकासविरोधी कोही पनि छैन । धर्म-संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौँ, त्यसले विवाद ल्याउँछ’, उनले भने, ‘हामीले देखेकै कुरा हो । त्यसैले हामी सबै मिलेर बसेको देशमा यस्तो स्थिति सिर्जना हुनु दुःखद हो ।’

शनिबार राति केबलकारविरोधी पक्षले गरेको मसाल जुलुसपछि ताप्लेजुङ बजारमा झडप भएको थियो । भट्टराईले सुरक्षाकर्मीको संयमताले ठूलो नोक्सानी हुनबाट जोगिएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ५४ बजे

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन