पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् « Khabarhub

पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस्


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गरेर प्रधानमन्त्री बन्न सुझाएका छन् ।

ज्ञानेन्द्रलाई फेरि राजा बन्ने चाहना परित्याग गर्न पनि सुझाव दिएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले पूर्वराजा शाहलाई दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउन पनि सुझाव दिए ।

‘तपाईंले फेरि राजा बन्ने चाहना त्यागी आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्’, उनले भने, ‘२०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसद्‍बाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि गरिदिनुस् ।’

पूर्वराजाले फागुन ७ को शुभकामना दिने क्रममा अब विकल्पको समय आएको बताएका थिए । उनले दलहरूले पूर्वसहमति सम्झिएर देशलाई निकास दिन आफूलाई अघि सार्नुपर्ने धारणा राखेका थिए । त्यसलाई लिएर आइतबार संसद्का दुवै बैठकमा कडा टिप्पणी भइरहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : ०३ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई