सबैको रोजाइ बन्दै रुपन्देहीको कुञ्जपार्क « Khabarhub

सबैको रोजाइ बन्दै रुपन्देहीको कुञ्जपार्क


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तिलोत्तमा– बुटवल ११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्जपार्क बनेको छ । उनलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ ।

उनले कुञ्जपार्क मन पर्नुका कारण शान्त, शीतल, मन लोभ्याउने र मनै आनन्दित बनाउने वातावरण भएकाले त्यही जान मन लाग्ने गरेको बताइन्। 

‘पार्कमा पुग्दा मन आनन्द हुन्छ । बुटवलको कोलाहलले दिक्क बनाएका बेला त्यहाँ छुट्टै आनन्द आउँछ’, उनले भनिन्, ‘त्यसैले धेरै पटक कहिले घुम्न, कहिले पिकनिकको बहानामा त्यहाँ धेरै पटक पुगेकी छु ।’

यता तिलोत्तमा नगरपालिका–६ कि अञ्जना अर्याल पनि धेरै पटक कुञ्ज पार्क पुगेको बताउँछिन् । उनी पनि समय मिल्नासाथ त्यहाँ पुग्ने गरेको बताउँछिन् । वनभोज र घुम्न धेरै पटक कुञ्जपार्क गएको अञ्जनाले सुनाइन् । केटाकेटी, युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई पनि पार्क आकर्षणको केन्द्र बनेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको कुञ्जपार्क पछिल्लो समय धेरैको रोजाइमा परेको छ । कुञ्जपार्कमा दैनिक करिब तीन सयको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् । रुपन्देहीसँगै कपिलवस्तु, पाल्पा र भारतको नौतनहवाबाट पार्क अवलोकनका लागि पर्यटक पुग्ने गरेको पार्कका अध्यक्ष लोक पुनले बताए । 

पार्कमा घुम्न र यहाँको शान्त मनोरम वातावरणमा अनन्द लिन मासिक १० हजारको सङ्ख्यामा पर्यटकहरू आउने गरेको पार्कका कोषाध्यक्ष धनेन्द्र पौडेल बताउँछन् । उनले वनभोजको समय र अन्य समयमा गरी प्रवेश शुल्क टिकटबाट वार्षिक करिब ४० लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । यसबाट पार्कमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आवश्यकताअनुसार आंशिक रूपमा धेरैले यहाँ काम गर्ने अवसर पाएका छन् । 

विसं २०६६ मा स्थापना भएको पार्कको मुख्य विशेषता त्यहाँ रहेको तलाउ हो । करिब एक बिघा क्षेत्रफलमा फैलिएको सो पोखरीमा सेयरका लागि तीन वटा डुङ्गा सञ्चालनमा छन् । 

जाडो होस् वा गर्मी मौसम सो डुङ्गा कहिल्यै खाली हुँदैन । डुङ्गा सेयर गर्दा ५० रुपैयाँ शुल्क तोकिएको छ । यसबाहेक छ वटा पिकनिक सेडहरू निर्माण गरिएका छन् । 

पार्कमा रहेका पानीका फोहरा, कुञ्ज क्याफे, मनमोहक बगैँचा, पुरानो समइमाई मन्दिर, बाल उद्यान, हरियाली र शान्त वातावरणको कारण त्यहाँ पुग्नेहरूको भीड हुने र वनभोजको समयमा निकै भिडभाड हुने गरेको पार्कका कोषाध्यक्ष पौडेल बताउँछन् । पार्क करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ ।

शताब्दी अगाडि तराईवासीहरूको वासस्थान रहेको सो ठाउँमा थारु समुदायकी महिला कुञ्जलीले तलाउ खनेको कथन २०२० सालमा नै अग्रजबाट सुनेको पार्कका सल्लाहकार पदमबहादुर थापाले बताए । पहिले झाडी भएको ठाउँलाई बिस्तारै सफा गर्दै पाँच वर्षदेखि कुञ्जपार्कका रूपमा व्यवस्थापन हुँदै आएको छ । 

पार्कसँगै जोडिएको उमा आधारभूत विद्यालयको चार बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएर यसको विस्तार गर्ने योजना रहेको पौडेलले बताए । 

‘अब सो पार्क रात्रिकालीन पार्क बनाउन रातिको समयमा पार्कमा साङ्गीतिक धुनमा पानीका फोहोरासहित लेजर लाइट जडान गरिने योजना रहेको छ’, उनले भने, ‘त्यसका लागि तिलोत्तमा नगरपालिकाबाट रु एक करोड एक लाखको बजेटसमेत विनियोजन भइसकेको छ ।’ ‘भिजिट लुम्बिनी स्टे’ तिलोत्तमाको नारालाई पनि सार्थक पार्न रात्रिकालीन पार्क सञ्चालन गर्ने र पाहुनालाई त्यही बसाल्नका लागि घरबास (होमस्टे) सञ्चालनको योजनासमेत रहेको उनी बताउँछन् ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा