जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो : सांसद कोइराला « Khabarhub

जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो : सांसद कोइराला


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद रुक्मिणी कोइरालाले जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश ल्याउनु परेको प्रस्ट पारेकी छन् । 

आजको बैठकको विशेष समयमा बोल्दै उनले नागरिकका काम शीघ्र सम्पादन गर्न सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी तथा लगानीको वातावरण बनाउन छ वटा अध्यादेश ल्याइएको प्रस्ट पारिन् ।
 
‘आजको विश्व आधुनिक युगमा फड्को मारिसक्यो । हामी भने झिना मसिना कुरामा अल्झिरहेका छौँ, मुलुक जति अगाडि बढ्दै जान्छ, त्यति समाज विकासका लागि कानुनी अप्ठ्यारा बढ्दै जान्छन्, देश बनाउने सबैको चाहना हुँदाहुँदै कानुनी अड्चनका कारण जनताका आधारभूत आवश्यकता कुण्ठित भइरहेको छ’, सांसद कोइरालाले भनिन् । 

उनले मुलुकमा कतिपय २०१५ साल अघिका ऐन/कानुन र नियमावली रहेका जनाउँदै ती पुराना ऐन÷कानुनलाई परिमार्जन वा संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिइन् । उनले सहकारीमार्फत गरिबको रकम हिनामिना गर्नेको जग्गा रोक्का गरी पीडितको रकम फिर्ता गराउनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि सहकारी कानुन बनाउन अपरिहार्य रहेकामा उनले जोड दिइन् । 

भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जोखिमयुक्त ठाउँबाट अन्य स्थानमा स्थानान्तर गर्नुपर्ने सांसद कोइरालाले बताइन् । आम नागरिकको चाहना अनुसार जबाफदेही र पारदर्शी बनाउँदै सेवाग्राहीलाई छिटोछरितो रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ सुशासनसम्बन्धी अध्यादेश आएको उनको भनाइ  छ । 

उनले भनिन्, ‘विदेशी विनिमय ऐन २०१९, कालो बजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०५२, कम्पनी ऐन २०६६ र विशेष आर्थिक क्षेत्र ऐन २०७३ सहित केही नेपाल ऐनलाई संशोधन गर्न कानुनी व्यवस्था गर्नुपर्ने हुँदा अध्यादेश आएको हो ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : १५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको