संसद्‍मा गोकुलको कटाक्ष- पोखरामा रहेका पूर्वराजालाई काठमाडौं ल्याउन आन्दोलन गर्नुपर्दैन « Khabarhub

संसद्‍मा गोकुलको कटाक्ष- पोखरामा रहेका पूर्वराजालाई काठमाडौं ल्याउन आन्दोलन गर्नुपर्दैन


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजसंस्था फर्किने सम्भावना नरहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले नेपालमा मरिसकेको राजसंस्था बौरिने कुनै सम्भावना नभएको बताएका हुन् ।

‘राजा ल्याउने भनेर एकथरी कराउने, अर्काथरी संघर्ष चर्काउने भनेर कराइरहेका छन् । प्रतिशोध भयो भनेर अर्कोथरी सुरुदेखि नै कराउँदैछन् । ठीकै छ, यो कराउने ठाउँ नै हो, पाइन्छ कराउन’, उनले भने, ‘सरकार मन नपर्न सक्छ, के प्रमुख प्रतिपक्ष (माओ‌वादी केन्द्र) ले लोकतन्त्रको विकल्प खोजेको हो ? दक्षिणपन्थी विचार र वामपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमै हो ? याद गर्नु होला, त्यो चुल्होमा गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । सम्भव छैन । यो २१औं शताब्दी हो, के गर्न राजा फर्काउने ?’

पूर्वसूचना तथा सञ्चारमन्त्री बास्कोटाले राजा फर्काउछु भन्दै आन्दोलन गर्नेलाई त्याग्न आग्रह गरेका छन् । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित राप्रपाको आन्दोलनप्रति इंगित गर्दै बास्कोटाले कटाक्ष गरे । उनले पोखरामा रहेका पूर्वराजालाई काठमाडौंमा आउन कुनै आन्दोलन गर्नु नपर्ने बताए । जहाजको टिकट काटिदिएमा पूर्वराजा आफैँ काठमाडौं आउने टिप्पणी उनले गरे ।

‘यो २१ औँ शताब्दी हो, के गर्न राजा फर्काउने ? केका लागि राजतन्त्र फर्काउने ? के पाइन्छ ? राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ ?,’ उनले भने, ‘धेरै गर्नु पर्दैन, जहाजको एउटा टिकट काट्दिनुस्, पूर्वराजा जुलुस नगरी काठमाडौं फर्किहाल्छन् । केलाई दु:ख गर्ने ? फर्किने भनेको काठमाडौं त होला । सिंहासनमा त सम्भव छैन, सम्भव छँदै छैन ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : २८ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई