पाकिस्तानको रावलपिण्डीमा खडेरी « Khabarhub

पाकिस्तानको रावलपिण्डीमा खडेरी


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको रावलपिण्डी शहरमा पानीको चरम संकट देखा परेको छ । रावलपिण्डीमा खडेरी परेपछि पानी तथा सरसफाइ एजेन्सीले त्यहाँ संकटकाल घोषणा गरेको छ ।

पाकिस्तानको मौसम विभागले फेब्रुअरी र मार्च महिनामा त्यहाँ वर्षाको सम्भावना एकदमै न्यून रहेको चेतावनी दिएपछि संकट घोषणा गरिएको हो । 

जनसङ्ख्याको तीव्र वृद्धि, स्रोतको अभावजस्ता कारणले गर्दा खडेरी उत्पन्न भएको एजेन्सीका महानिर्देशक मुहम्मद सलिम अशरफलाई उद्धृत गर्दै डन अखबारले जनाएको छ ।

उनले शहरका बासिन्दालाई पानीको उपभोगमा मितव्ययिता अपनाउन समेत आग्रह गरेका छन् । रावलपिण्डीमा हरेक दिन ६ करोड ८० लाख ग्यालन पानीको माग रहेको जनाइएको छ । त्यहाँ आपूर्ति भने केबल ५ करोड १० लाख ग्यालनमात्र हुने गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ५७ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ