कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित | Khabarhub Khabarhub

कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी गरिएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा उठेका विषयमा यो ऐन स्वच्छ वातावरण बनाउन र मानव जीवनलाई स्वच्छ वातावरणमा लैजान मद्दत गर्ने बताएका छन् । उनले वनमा देखिएका समस्यालाई समाधान गर्न नै यो ऐनलाई संशोधन गरेको प्रस्ट पार्दै पर्यापर्यटन, जलाशय, जलको मुहान, सिमसार क्षेत्रलाई संरक्षण संवद्र्धन गर्न सहयोग पुग्ने बताए ।

मन्त्री मण्डलले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथि विचार गरियोस् भनी गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भई विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भयो । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु विनोद राई, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ्ग, रामप्रसाद महतो र कमला दर्नालले आ–आफ्नो धारणा राखेका थिए ।

विशेष समय

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा विगत केही दिनदेखि भएको झडपमा दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरे । उनले आन्दोलनकारीले राँके जुलुस निकाल्दा राँको बालेको आगो नागरिकको घरतर्फ फाल्नु राम्रो होइन भन्दै दुई पक्षमा विभाजित सो क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गर्नुपर्ने सुझाव दिए ।

विशेष समयमै जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता निर्मला तावा लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ताप्लेजुङको धार्मिक क्षेत्र पाथीभरास्थित देखिएको तनावलाई समाप्त गर्न सरकारले केबुलकारका पक्ष र विपक्षसँग वार्ता गरी समस्या समाधान गर्न माग गरे ।

नियमापत्ति

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतादेवी रेग्मीको भनाइमा सदस्य विदुर लिङ्थेपले नियमापत्ति गरेका थिए । सदस्य लिङ्थेपकै भनाइमा असहमति जनाउँदै सदस्य गोम्बु शेर्पाले नियमापत्ति गरेका थिए । सभामुख विष्टले ‘रेकर्ड’बाट हटाउने भनेपछि संसद् पुनः सञ्चालन भएको थियो ।

सोही समयमा प्रदेश सदस्यहरु विद्या चाम्लिङ राई, खिनु लङ्वा लिम्बू, प्रदीपकुमार सुनुवार, मोहन महर्जन, नारायणबहादुर मगर, रमेशकुमार बस्नेत, प्रेमराज थाम्सुङहाङ र गोविन्द गिरीले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ः३० बजे बस्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : १२ बजे

यस्तो छ ‘नरसिंहा: अभतार’का कलाकारहरुको चरित्र

काठमाडौं – राजेश हमालको ‘कमब्याक’ फिल्म ‘नरसिंहा: अभतार’को नयाँ पोस्टर

जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु

पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका–८,बन्दीमा निर्माणाधीन जलविद्युत आयोजनाका कर्मचारी हरिओम चौधरीको

आन्दोलित शिक्षकलाई प्रचण्डको अपिल– पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल

घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले देश डुबाएर

विश्व नेताहरू फ्रान्सिसको अन्त्येष्टिमा उपस्थित हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसम्मका